नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको तथ्यांक

प्रकाशित मिति:

नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ ।औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताए ।

नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने बताइन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले पछिल्लो समय रु ७० अर्ब बराबरको औषधि बजार रहेको बताए ।