ओस्कार अवार्डको मिति नजिकिँदै गएपछि कसको पोल्टामा बढी अवार्ड पर्छ भन्ने चर्चा परिचर्चा सुरु

प्रकाशित मिति:

विश्व प्रतिष्ठित ‘ओस्कार अवार्ड’को ९१ औं संस्करण आगामी फेब्रुअरी २४ मा अमेरिकामा हुँदैछ। अवार्डको मिति नजिकिँदै गएपछि कुन फिल्मको पोल्टामा बढी अवार्ड पर्छ भन्ने चर्चा परिचर्चा सुरु भइसकेको छ। यो वर्षको अवार्ड सुरुवातदेखि नै विवादमा तानिएको छ। समाचार अनुसार यसपटकको अवार्ड होस्टविहिन हुनेछ। अवार्डका लागि अभिनेता केविन हार्टको नाम अगाडि आए पनि उनले ट्वीटरमा समलिंगीविरुद्ध लेखेपछि उनी आलोचित बनेका थिए। यही कारण उनले अन्तिम समयमा आएर होस्टको काम फिर्ता गर्नुपर्‍यो। यो वर्ष ८ फिल्मलाई ओस्कारका लागि मनोनयनमा पारिएको छ। जसमा ‘रोमा’, ‘दी फेभरेट’ र ‘ग्रीन बुक’ लाई ‘बेस्ट ओस्कर फिल्म’का लागि दाबेदार मानिएको छ।फिल्म ‘रोमा’मा निर्देशक एलफन्जो क्यूरनको जीवनको केही हिस्सा देखाइएको छ। क्यूरनले मेक्सिकोमा बिताएको जीवनलाई फिल्ममा प्रस्तुत गरिएको छ। यो फिल्मलाई ओस्कार अवार्डको प्रबल दाबेदार फिल्म मानिएको छ। फिल्मको ट्रेलरमा पौराणिक शास्त्रीय साइकेडेलिक रक व्याण्ड ‘पिंक फ्लाइड’को गीतको प्रयोग र अद्भुत खिचाईका कारण यो फिल्मप्रति दर्शकको उत्सुकता बढेको थियो।फिल्म ‘दी फेभरेट’का निर्देशक योरगोस लैंथीमस सन् २०१५ मा रिलिज फिल्म ‘द लोबस्टर’को निर्माता हुन्। उनको यो फिल्म पनि ओस्कारको ९ वटा विधामा मनोनित भएको छ। यो फिल्ममा १७ औं शताब्दीमा इंग्ल्याण्डकी महारानीको दरबारका दुई भान्जीबीचको सम्बन्धलाई देखाइएको छ। यो फिल्म ‘बाफ्टा अवार्ड’मा सर्वाधिक १२ विधाको मनोनयनमा परेको छ।

फिल्म ‘ग्रीन बुक’ले ६० को दशकको अमेरिकामा भएको अस्वेतलाई लिएर गरिएको भेदभावको कथालाई देखाएको छ। यो समयमा नस्लभेद निकै चर्चामा थियो। यो समयमा एक विश्वस्तरका अफ्रिकन अमेरिकन पियानिस्ट एक कन्सर्टमा निस्कन्छन्। उनलाई एक चालक र सुरक्षाकर्मीको महशुस हुन्छ। एक इटालियन अमेरिकन सुरक्षाकर्मीका साथ पियानिस्ट नस्लभेद र हिंसाग्रस्त क्षेत्रमा पुग्दछ। यात्राका क्रममा दुवैबीच एक अनौठो किसिमको सम्बन्ध स्थापित हुन्छ। फिल्मले नस्लभेद जस्तो गम्भीर सामाजिक मुद्धालाई प्रस्तुत गरेको छ। यो फिल्मले ‘गोल्डन ग्लोब’मा ‘बेस्ट कमेडी’ र ‘म्यूजकिल पिक्चर’को अवार्ड जितेको थियो।यी फिल्मबाहेक ‘बोहेमियन रेप्सोडी’, ‘वाइस’, ‘ए स्टार इज बर्न’ र ‘ब्ल्याक पेन्थर’ पनि ओस्कारमा चर्चामा रहेका फिल्म हुन्। फिल्म ‘बोहेमियन रेप्सोडी’ले सन् ७० को दशकमा क्लासिक रक बेण्डको वर्चस्वलाई देखाएको छ। यही समयमा विश्वविख्यात व्याण्ड ‘क्वीन’को स्थापना भएको थियो। व्याण्डका प्रमुख गायक फ्रेडी मरक्यूरी स्टेजमा आफ्नो अनौठो गतिविधिका कारण चर्चित थिए। यो व्याण्डको प्रस्तुति हेर्नकै लागि लाखौं मानिस जम्मा हुने गर्दथे। यो फिल्ममा भारतमा जन्मिएका गायक फ्रेडीको कथालाई देखाइएको छ।

अभिनेता रामी मलिकले फ्रेडीको भूमिकामा आफ्नो करियरकै उत्कृष्ट अभिनय गरेका छन्।बलिउडमा मात्र होइन, हलिउडका पनि कैयौं हस्तीको बारेमा बायोपिक फिल्म बन्ने गरेको छ। फिल्म ‘वाइस’ पनि अमेरिकाको ४६ औं उपराष्ट्रपति डिक चेनीको जिन्दगीको कथामा आधारित छ। डिक अमेरिकाको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा चिनिन्थे। फिल्ममा डिकको भूमिकामा अभिनय गर्ने क्रिश्चन बेल आफ्नो विधिगत अभिनयका लागि चिनिन्छन्। उनले यसअघि ‘बेटमेन’, ‘द मशिनिस्ट’ जस्ता कैयौं फिल्मका लागि आफ्नो शरीर घटाउने र बढाउने गर्दछन्। यो फिल्मका लागि बेलले वजन बढाएका थिए।गायिका तथा नायिका लेडी गागा अभिनित फिल्म ‘ए स्टार इज बर्न’ एक संगीतकार र एक संघर्षरत गायिकाको कथामा आधारित छ। यो फिल्म सन् १९३७ मा रिलिज एक फिल्मको रिमेक हो। बलिउड फिल्म ‘आशिकी २’ पनि यही कथामा आधारित छ। फिल्मका लागि अभिनेता ब्रैडली कूपरले गितार र पियानो सिकेका थिएफिल्म ‘ब्ल्याक पेन्थर’ एक अमेरिकी सुपरहिरो फिल्म हो। यो फिल्म पनि ओस्कारको ‘बेस्ट फिल्म’ विधामा मनोनित भएको छ। अर्को फिल्म ‘ब्ल्याकलान्समेन’ ले अफ्रीकन अमेरिकन पुलिस अफिसरको कथा बोल्छ। यो फिल्मको कथा ७० को दशकको सत्यघटनामा आधारित छ। यो फिल्म ‘गोल्डन ग्लोब अवार्ड्’ मा पनि ‘बेस्ट मोशन पिक्चर ९ड्रामा०’ विधामा मनोनित भएको छ।