आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल फागुन महिनाको ८ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको प्रतिपदा तिथि बेलुका ७.२८ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र विहान ९.२० बजेसम्म रहनेछ । यसैगरी आज अतिगण्ड योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६.३९ मा छ भने सूर्यास्त बेलुका ५.५७ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा छन् । आजबाट फागुन कृष्णपक्षको आरम्भ भएको छ । चान्द्र महिना अनुसार आज फागुन कृष्णपक्षको प्रतिपदा तिथि हो । आजबाट क्रमशः चन्द्रमाको उज्यालो भाग घट्दै जान्छ ।