स्वाइन फ्ल्युका कारण ३७७ को मृत्यु !

८ फाल्गुन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


दिल्ली – भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधी लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया