आजको मौसम: देशका धेरै ठाउँ घमाइलो हुने

प्रकाशित मिति:

काठमाण्डौ – काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन् ।पश्चिमी वायुको असरले पश्चिमको मौसम भने एकैछिन खुले पनि फेरि बदली भइहाल्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार आज पश्चिम र मध्य क्षेत्रको थोरै पहाडी भेगमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सफा हुनेछ ।

पश्चिमको मौसम रातीदेखि भने झन् बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । यस्तै पूर्व र मध्य क्षेत्रको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद् बासीको अनुमान छ । उहाँका अनुसार अहिले कमजोर रहेको पश्चिमी वायु रातिदेखि सक्रिय हुने देखिएकाले पश्चिमको मौसम भोलि झन् बदली हुने देखिएको हो ।तर काठमाण्डौसहित मध्य र पूर्वको मौसम भने एकदुई दिन सफा हुने मौसमविद्ले अनुमान गरेका छन् ।