मिथुन र धनु राशि हुनेहरुले नछुटाइ पढ्नुहोस

प्रकाशित मिति:

नछुटाइ पढ्नुहोसहै मिथुन र धनु राशि हुनेहरुले अवस्य काम लाग्छ राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।

तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।

मिथुन राशि

मिथुन राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशि मिथुन हो र उ मेष, धनु या सिंह राशिका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ ।

जुन मानिसको राशि मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशिको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशि भएका व्यक्तिका लागि लागि वृष, कन्या या मकर राशि भएका व्यक्तिसँगको सम्बन्ध राम्रो हुँदैन ।

धनु राशि

धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ ।

जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी