मोटरसाइकल दुर्घटना हुँदा ताप्लेजुङमा २ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ /ताप्लेजुङमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको फुङ्लिङ नगरपालिका २ मा मंगलबार मोटरसाइल दुर्घटना हुँदा इलाम चमैता १ घर स्यायी घरभइ हाल जिल्ला सिंचाई कार्यालय ताप्लेजुङमा कार्यरत २७ बर्षीया सिर्जना गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका चालक अमिर बर्देवाको उपचारको क्रममा आज पाँचथर सदरमुकाम फिदिममा मृत्यु भएको छ ।ताप्लेजुङ प्रहरीका अनुसाार मंगलवार दिउँसो सवा ३ बजे मालपोत कार्यालयबाट राजमार्गमा निस्कदै गरेको ना २१ प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो ।