देउवालाई सिमरामा १५१ किलोको माला !

प्रकाशित मिति:

बारा – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरलाई बाराको सिमरामा नगर सभापतिले १५१ किलोको माला लगाएका छन् । बुधबार बिहान सिमरा आइपुगेका सभापति देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाकाको पार्टी कार्यालयमा कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले माला लगाएर स्वागत गरेका हुन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा सञ्चालन भइरहेको होटल उद्घाटनका लागि आएका देउवाले यहाँ आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा भने गरेनन् । कार्यकर्ताको ठूलो भीडले विमानस्थलबाट स्वागत गर्दै देउवालाई पार्टी कार्यालयसम्म पुगाएका थिए । पत्रकारहरुसँग कुरा नगरी देउवाले हात हल्लाएका थिए ।