मंगल ग्रहमा पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाए

प्रकाशित मिति:

न्युयोर्क– मंगल ग्रहमा तरल पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।प्रस्तावित ‘ताल’ मंगल ग्रहको दक्षिणी धुर्वमा रहेको र करिब २० किलोमिटर लामो भएको बताइएको छ ।यसअघिका अनुसन्धानले मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लगाएका थिए । यद्यपी पछिल्लो प्रमाण नै मंगल ग्रहमा पानीको सतह रहेको भन्ने पहिलो संकेत भएको बिबिसीले उल्लेख गरेको छ । अमेरिकी वैज्ञानिक संस्था नासाले पत्ता लगाएको ताल जस्तै पानीको सतहले उसले यसअघि भन्ने गरेको मंगल ग्रहमा पानी छ भन्ने कौतुहलतालाई केही हदसम्म समाधान गरेको बताइएको छ । यद्यपी मंगल ग्रहको पातलो वायुमण्डलका कारण त्यहाँको मौसम चिसो रहेकाले भेटिएको पानीको अधिकांश तह वरफ अवस्थामा रहेको जनाइएको छ । मार्सिस नामक एउटा उपकरणको माध्यमबाट यो विषय पत्ता लागेको बिबिसीले उल्लेख गरेको छ ।‘यो सम्भवतः ठूलो ताल हैन,’ अनुसन्धानको नेतृत्व गरिरहेका इटालियन नेसनल इन्सिट्युट फर एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्टो ओरासेईले बताएका छन् । पानीको तहको गहिराई कति छ भनेर मार्सिसले यकिन गर्न नसके पनि ताल कम्तीमा एक मिटर गहिराई हुनसक्ने अनुसन्धान टोलीले जनाएको छ ।