(अपडेट) टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको मुत्यु

प्रकाशित मिति:

 रसुवाको टिमुरेमा गएराति गएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका–४ का श्याम तामाङ, मंगल तामाङ, बिक्रम नेवार र सुस खड्का रहेका छन्। मृत्यु भएका चारै जना कन्टेनर चालक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक दिलिप क्षेत्रीले बताए। बेपत्ता भएका अन्य पाँच जनाको भने खोजी कार्य जारी रहेको उनले बताए। कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ बेपत्ता छन्। बेपत्ता भएका सुमो चालकको विवरण आएको छैन् भने सर्मिलाको थर खुलेको छैन्। उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको प्रहरीले जनाएको छ। पहिरोमा कन्टेनर चालक, होटल सञ्चालक र सुमो चालक हराएका उनले जानकारी दिए। पहिरोमा पुरिएका १२ जनाको उद्दार गरिएको छ। रातिको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुई वटा कच्ची घर पुरिएको छ। पाँच जनाको घाइतेको रसुवागढी जलविद्युत आयोजनाको क्याम्पमा उपचार भइरहेको छ भने सात जना सामान्य उपचारपछि घर फर्किएका छन्।