उत्पतेश्वर शिवालय मन्दिरमा संचालित ज्ञान महायज्ञ समापन

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको बर्दघाट ४बाढिपिडितमा रहेको उत्पतेश्वर शिवालय मन्दिरमा गत माघ २७ गते देखी जारी शिव महापुराण एवं धनधान्याञ्चल ज्ञान महायज्ञको बुधबार एक कार्यक्राका बीच समापन गरिएको छ । महायज्ञ मुल आयोजक समतिक अध्यक्ष केयरसिँह गौतमको अध्यक्षता तथा सर्वाधिक चन्दा दिने चन्दादाता दिल बहादुर क्षेत्री दिपकको प्रमुख  आतिथ्यता एवं महायज्ञका प्रमुख वाचक पण्डित नारायण न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि समेत रहेका पण्डित न्यौपानेले यज्ञमा भएको खर्च पारदर्शी हुनुपर्ने र केही दिन भित्र नै सार्वजनिक गरि आफ्नो लक्ष्य अनुरुप अगाडी बढ्न आग्रह गर्दै आफु सदैव सामाजिक कार्यमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सोही अवसरमा बोल्दै महायज्ञ मुल सम्पादन समितिका समयोजक एवं कार्यक्रमका अध्यक्ष गौतमले यस महायज्ञको आय ब्यय एक हप्ता भित्रै सार्वजनिक गरि प्रष्टपारिने र उठेको रकमलार्य कही कतै हिनामिना हुन नदिने बताउदै महायज्ञमा सहयोग पुर्याने विभिन्न संघ सस्था, बुद्धिजिवी, यज्ञ सम्पादन समितिका पदाधिकारी, उपसमितिका पदाधिकारी, सञ्चार माध्यम लगाएत सम्पुर्णमा धन्यबदज्ञापन समेत गर्नुभएको छ ।

समापन कार्यक्रममा विभिन्न भुमिकामा रहेर महायज्ञलाई सफलतापुर्वक सम्पन्न गर्न भुमिका निर्वाह गर्ने विभिन्न ब्यक्तित्व तथा संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो । गत माघ २७ गतेदेखी फागुन ८ गते बुधबार सम्म सञ्चालन भएको उत्पतेश्वर शिवालय मन्दिमा एक सय आठ शिवलिङ्ग निर्माण र सुविधा सम्पन्न सभाहल निर्माणका लागि शिवमहापुराण एवं धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको थियो ।

कार्यक्रममा यज्ञ सम्पादन मुल समितिका सचिव मोहन सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव हरिरञ्जन पौडेलले गर्नुभउको थियो ।