शसस्त्र प्रहरी बलको अस्थायी पोष्टलाई स्तरोन्नती

प्रकाशित मिति:

नवलपरासी/पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका अन्र्तगत रहेको शसस्त्र प्रहरी बलको अस्थायी पोष्टलाई स्तरोन्नती गरिएको छ । विनयी त्रिबेणी ७ गाइट बाँधमा रहेको शसस्त्र प्रहरीको सव पोष्टलाई मंगलबार देखी लागु हुनेगरि विनयी त्रिबेणी विओपीको नाममा स्तरोन्नती भएको शसस्त्र प्रहरी बल पुर्वी नवलपरासीको गुल्म पति डिएसपि क्षितिज क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रदेश नम्बर ४ को भारत संग जोडिएको एक मात्र नाका गण्डक ब्यारेजमै रहेकोले उक्त नाकालाई सुरक्षा र सवेंदनशिलतालाई मध्य नजर गरि शसस्त्र प्रहरी निरिक्षको नेतृत्वमा बेर्डर आउट पोष्टको रुपमा स्तरोन्नती गरिएको हो ।

त्रिबेणी र गण्डक ब्यारेज आसपासका ईलाका सिमा सुरक्षा र अबैद्ध क्रियाकलाप नियन्त्रण रोकथाम गर्न विओपीको स्तरोन्नती गरिएको भएपनि आवासिय प्रबन्ध मिलाउन निकै चुनौतीपुर्ण रहने पनि बताइएको छ ।