सेफर्ड कलेज काठमाडौंका टोलि संग बुटवलका पत्रकारहरुसँग छलफल

प्रकाशित मिति:

बुटवल / पत्रकारिता अध्यापन गराउने सेफर्ड कलेज काठमाडौंले बुटवलका पत्रकारहरुसँग छलफल गरेको छ ।पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउँदै पत्रकारिता अध्ययन गरेका पत्रकारहरुको संख्या वृद्धि गर्ने उदेश्यले सेफर्ड कलेजले बुटवलका पत्रकारहरुसँग छलफल गरेको हो । लफल कार्यक्रममा बोल्दै कलेजकी प्रशासन प्रमुख कविता शर्माले पत्रकारिता अध्ययन गरेका पत्रकारहरुको आवश्यकता बढ्दै गएको र यसले गुणात्मक वृद्धि गर्ने भएकाले पत्रकारिता अध्ययन गर्नका लागि आह्वान गर्नुभयो ।उहाले भन्नुभयो–‘पत्रकारिता पेशामा आकर्षण बढिरहेको छ, तर दक्ष जनशक्तिको अभाव छ, त्यसैले पनि पत्रकारिता गर्नेहरुले पत्रकारिता अध्ययन गरेरै पेशामा आउँदा राम्रो पारिश्रमिक पनि पाइन्छ ।’

पत्रकारितामा स्थापित भइसकेका पत्रकारहरुले पनि पत्रकारिता अध्ययन गरिरहेको प्रसंग उल्लेख गर्दै उहाले पत्रकारिता पेशा अंगालेका पत्रकारहरुले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । ‘पत्रकारिता गरिरहेपनि अध्ययन गरेको जनशक्ति एकदमै कम छ, यसैले पत्रकारिता नै अध्ययन गरेको जनशक्तिको खाँचो छ, उहाले भन्नुभयो–त्यसैले अब पत्रकारहरुले पत्रकारिता अध्ययन गर्न जरुरी छ ।’

उहाले पत्रकारहरुका लागि स्नातक र स्नातकोत्तर तहमा विशेष छुटको व्यवस्था गर्ने जानकारी समेत गराउनु भयो। उहाले स्नातकोत्तरमा अध्ययन गर्न चाहनेका लागि कलेजले विशेष सुविधा दिने जानकारी दिनुभयो ।पत्रकारितामा स्नातकोत्तर गरिरहेका पत्रकार सी।पी। खनालको सञ्चालनमा भएको कार्यक्रममा स्नातकोत्तरका विद्यार्थी पत्रकारहरु मिलन गाहा, विक्रम खड्का, रुद्रहरि कुँवर, सञ्जु पौडेल, युवराज पाण्डेलगायतले बोल्दै पत्रकारिता पेशा अंगालेपछि पत्रकारिता अध्ययन जरुरी रहेको बताउनु भयो ।

यसअघि कलेजको टोलीले माध्यमिक तहमा पत्रकारिता अध्यापन गराउने विद्यालय तथा कलेजहरु कालिका मानवज्ञान उच्च मावि, सुनगाभा उच्च मावि, इन्भाईरनमेन्ट उच्च मावि, र शान्ति नमूना माविका प्राचार्य, शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग भेटेर पत्रकारिता शिक्षाका विषयमा छलफल गरेको थियो ।टोलीमा कविता शर्मा, सी। पी। खनाल, विक्रम खड्का, सञ्जु पौडेल, चन्द्र पाठकलगायत सहभागी हुनुहुन्थ्यो।