चिनियाँ सेनाका पूर्व प्रमुखलाई आजीवन कारावासको सजाय

९ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
35 Shares


एजेन्सी /भ्रष्टाचार प्रकरणमा चिनियाँ सेनाका पूर्व प्रमुखलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।चिनियाँ जनमुक्ति सेनाका पूर्व प्रमुख फाङ फेङ्घुईलाई भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको भन्दै आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

६७ वर्षीय पूर्व सेना प्रमुख फाङ चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१७ मा भएको पहिलो भेटमा पनि उपस्थित थिए ।चिनियाँ राष्ट्रपति जिनपिङको भ्रष्टाचारविरुद्धको कडा अभियानअन्तर्गत नै चीनमा उच्च पदस्थ अधिकारीहरु जेल परिरहेका छन् । राष्ट्रपतिको अभियान विशेषगरी विश्वकै ठूलो र आधुनिक मानिने चिनियाँ सेनामा शुद्धिकरण ल्याउने प्रयास मानिएको छ ।

चिनियाँ सेनाका पूर्व प्रमुख फाङ सन् २०१७ देखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनले सन् २०१७ मै चित्तबुझ्दो स्पष्टीकरण नदिएका कारण पदबाट हात धुनु परेको थियो । उनी शक्तिशाली मानिने सेन्ट्रल मिलिटरी कमिसनका सदस्य पनि थिए । उनलाई गएको वर्ष मात्रै सैनिक अदालतमा ट्रायल सुरु हुनुभन्दा पहिला कम्युनिष्ट पार्टीबाट पनि निष्काशित गरिएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया