महिलाले बिहेपछि लगाउने सिन्दुर को महत्व के छ:जान्नुहोस

प्रकाशित मिति:

हरेक विवाहित महिलाले आफ्नो सिउँदोमा सिन्दुर लगाउने गर्छन् । यो सिन्दुर लगाउने हिन्दु परम्परा र मान्यता पनि हो । महिला विवाहित कि अविवाहित भनेर छुट्याउने पहिचान पनि हो सिन्दुर । महिलाहरुले सिन्दुरलाई सौभाग्यको प्रतिक पनि ठान्ने गर्छन् ।

आफ्नो कपाललाई दुई तिर फर्काएर सिउँदो बनाएर आफ्नो पतिको सौभाग्य र सम्मानको रुपमा सिन्दुर लगाउनै पर्ने बाध्यता छ हिन्दु संस्करणमा । महिलाले सिउँदोमा लगाउने सिन्दुर उनीहरुको सौभाग्यको प्रतिक पनि हो ।हिन्दु एक प्राचिन मान्यताअनुसार देवी पार्वतीले आफ्नो पति महादेवको सम्मानको खातिर आफ्नो जीवन आहुती दिएकी थिइन् । जसले गर्दा हिन्दु परम्पराअनुसार लसिनदुर पार्वतीको प्रतिक पनि हो । यसैले भनिन्छ, जो महिला आफ्नो सिउँदोमा सिन्दुर लगाउँछिन्देवी पार्वतीको हात उसको शीरमा सधैंभर रहन्छ ।

देवी पार्वती हरेक समय उनको पतिको रक्षा गर्छिन् । सिन्दुर शीरको मध्य भागमा लगाइन्छ । टाउकाको बीचमा बनाइने सिउँदोको बिन्दुलाई महत्वपूर्ण मानिन्छ । सिउँदोमा सिन्दुर लगाउँदा दिमाग सधैं सर्तक तथा सक्रिय रहन्छ ।

सिन्दुरमा मरकरी भातु पाइन्छ । यो धातु तरल रुपमा पनि पाइन्छ । त्यसैले सिउँदोमा सिन्दुर लगाउँदा दिमागमा शितलता मिल्ने पनि गर्छ । महिलाको दिमाग शान्त राख्न र व्यवस्थित राख्न अत्यन्तै जरुरी भएकोले सिन्दुर लगाउने प्रथा नै बनेको छ ।हिन्दु मान्यताअनुसार बाङगो सिउँदो काढ्नु हुँदैन, सिन्दुर छरेर लगाउनु हुँदैन । सिउँदो जसले सिधा काढ्न जान्दछ त्यो राम्रो भन्ने जस्ता मान्यतालाई पनि माथिको कारणले पुष्टि गर्दछ