यस्तो छ हिन्दुधर्ममा गाईको महत्व

प्रकाशित मिति:

हिन्दू धर्म दर्शन अनुसार गाईलाई माताको रुपमा पूजा यसकारण गरिन्छ कि गाईमा सवै देवता निवास गर्छन् । त्यस्तै प्रकृतिको कृपा पनि गाईको सेवा गर्नुमा नै मिल्छ ।भगवान शिवका वहान नन्दी (साढे), भगवान इन्द्रसँग समस्त मनकामना पूर्ण गर्नेवाला गाई कामधेनू, भगवान श्री कृष्ण गोपाल हुनु एवं अन्य देवीको रुपमा गाईमा देख्नुले पनि गाई पूज्य बनाएको छ । भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।

मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगां लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ ।गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् । सवै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ ।

प्रचिन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका छन् ।