नेविसंघको नेतृत्व लिन दौडधुप

प्रकाशित मिति:

काठमाडौं-  नेविसंघका अध्यक्ष नैनसिंह महरको राजीनामापछि कांग्रेसको केनद्रीय कार्यसमितिले तदर्थ समिति गठन गन्ै तयारी गरेकाले नेविसंघको नेतृत्वमा पुग्न विद्यार्थी नेताको दौडधुप बढेको छ ।  बुधबार नेविसंघको एउटा समूहले कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेतसँग सामूहिक भेट गरी पार्टीले केही समयअघि गरेको निर्णयअनुसार ३२ वर्ष काटेकालाई तदर्थ समितिमा नल्याउन माग गरे ।

केन्द्रीय समिति बैठकले नेविसंघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो । सभापति, बरिष्ठ नेताहरुसँग बुधबार भेटेका नेविसंघका नेता सुशील भट्टले आफूहरुले तदर्थ समिति गठन गर्दा नयाँ विधान लागू गर्न नेताहरुको ध्यानाकर्षण गराएको बताए । बिहीबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकअघि पार्टी कार्यालयमा उनीहरुले धर्ना बस्ने तयारी गरेका छन् – अन्नपूर्ण पोस्ट