अस्ट्रियाली विदेशमन्त्री आज नेपाल आउँदै

प्रकाशित मिति:

 काठमाडौं – नेपाल–अस्ट्रियावीच द्धौत्य सम्बन्ध स्थापना भएको ६०औं वर्षगाठको अवसर पारेर अस्ट्रियाली विदेशमन्त्री करिन किनाइसल नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । सो मुलुकबाट ४ दशकपछि नेपालसँगको उच्चस्तरिय भ्रमण तय भएको हो । अस्ट्रियाका तत्कालिन आर्थिक सहयोग मन्त्री डा. एडोल्फ नुस्वारुनेरले सन् १९७८मा नेपाल भ्रमण गरेपछिको यो उच्चस्तरिय भ्रमण हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा ३ दिने भ्रमणका लागि आज विहीवार काठमाडौं आए लगत्तै किनाइसल सामाजिक र अन्य कुटनीतिक भेटघाटमा व्यस्त रहनु हुनेछ ।

नेपाली समकक्षी ज्ञवालीसँग भोली शुक्रवार उहाँले द्धिपक्षिय भेटवार्ता गर्दै हुनुहुन्छ भने शुक्रवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ताको तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विहीवार एक सामाजिक कार्यक्रममा सहभागी हुने किनाइस शुक्रवार साँझ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गर्ने उर्जा र विश्वदृष्टिकोण विषयक अन्र्तक्रियालाई सम्बोधन गर्दै हुनुहुन्छ । सन् १९५९ अगस्ट १५मा नेपाल–अस्ट्रिया वीच दौत्य सम्बन्ध स्थापना भएको हो । त्यसयता सो मुलुकले सोलुखुम्बुको नाम्चेस्थित विद्युतिय परियोजना निर्माण, ललितपुरको पाटन संग्राहलय, कान्तिपथस्थित गार्डेन अफ ड्रिम्सको भौतिक संरचना र दोलखाको लोल्वालिङ क्षेत्रको पर्या–पर्यटनमा सघाउ पु¥याएको छ ।

यो भ्रमणले सो मुलुकको लगानी भित्र्¥याउन, द्धिपक्षिय व्यापार र अस्ट्रियाली पर्यटकको नेपाल आवागमन बढाउन सकारात्मक टेवा पुग्ने सो मुलुकका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीले बताउनुभयो । ‘अस्ट्रियासँगको सम्बन्धलाई अझ निकट बनाउन सरकारले सो मुलुकमा आवासिय दुतावास स्थापना गरेको हो, बर्षौ लामो अन्तरपछि तय भएको यो उच्चस्तरिय भ्रमणले पक्कै पनि धेरै सकारात्मक सन्देश दिने नै छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । नेपालले तय गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रचार–प्रसारमा सघाउन समेत भ्रमण उपयोगी बन्ने परराष्ट्रका अधिकारी बताउँछन् ।