बांग्लादेशको राजधानी ढाकामा भिषण आगलागी, कम्तिमा ६० जनाको मृत्यु

९ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
20 Shares


बांग्लादेश –  बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेको हुँदा मृत्यु हुनेको संख्या बढ्ने बताइएको छ । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले राति १० बजपछि आगो लागेको बताए । त्यहाँबाट १२ जनाको शव निकालिएको छ। राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो। हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो। आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए। आगो करिब नियन्त्रणमा आएको बताइएको छ।

महानिर्देशक खानका अनुसार पूर्ण नियन्त्रणपछि भवनमा खोजी गरिनेछ। आगो लाग्नुको कारण थाहा भएको छैन। खानले भने, केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ। त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो। उनले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया