फेसबुकमाथि डिजिटल ग्यांगस्टरको ब्यवहार देखाएको आरोप

प्रकाशित मिति:

लन्डन (एजेन्सी)  – बेलायतका कानुन निर्माताहरुले फेसबुकमाथि डाटाको निजता र प्रतिस्पर्धा कानुन उलंघन गरेको आरोप लगाएका छन् । बेलायत डिजिटल कल्चर, सन्चार तथा खेलकुद कमिटीको तर्फबाट डाटा गोपनियता सम्बन्धी सोमबार जारी प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो । फेसबुक जस्ता कम्पनीलाई अनलाईन वल्र्डमा डिजिटल ग्यांगस्टर जस्तो ब्यवहार गर्ने छुट दिन नहुने प्रतिवेदनमा जोड दिइएको छ । यसता कम्पनीले आफुलाई कानुन भन्दा माथि ठान्ने गरेको जनाइएको छ । बेलायतको कमिटीले उसले फेसबुक संस्थापक मार्क जकरबर्ग र उनका अधिकारीहरुको इमेलको जाँच गरेको जनाएको छ । फेसबुकले एप डेभलपर्सको डाटा ट्रन्सफर गर्न युजरको गोपनियता ब्यवास्ता गरेका थिए । बेलायतका कानुन निर्माताका अनुसार फेसबुकको इमेलको समिक्षामा उसले जानीजानी नियम तोडेको तथ्य खुलासा भएको छ । फेसबुकका सीइओ मार्क जकरबर्गले उनीहरु अगाडी उपस्थित नभएर संसदको अपमान पनि गरेको कमिटीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

गतल जानकारी तथा डाटा गोपनियताको मुद्दामा गत बर्ष नोभेम्बर २७ मा फेसबुकसँग बेलायत सहित ७ देशका कानुनविदहरुले सोधपुछ गर्नु थियो । तर जकरबर्ग आफै उपस्थित भएका थिएनन् । कमिटीलाई फेसबुको आन्तरिक दस्तावेज गत बर्ष एप कम्पनी सिक्सफोथ्रीको माध्यमबाट हासिल भएको थियो । सिक्सफोथ्रीले क्यालिफोर्नियामा फेसबुक विरुद्ध मुद्दा हालेका थिए । फेसबुकले बेलायतको प्रतिवेदनमा लगाइएका आरोप गलत भएको बताएको छ । डिसेम्बरमा सिक्सफोथ्रीको तर्फबाट चुहावत गरिएको दस्तावेजले मात्र एक पक्षको जानकारी मात्र दिने बताएको थियो । गत बर्ष मार्चमा क्याम्ब्रिज एनालिटिका डाटा चुहावतपछि अमेरिका समेत विश्वभरीको सरकारले फेसबुक विरुद्ध जाँच गरेका थिए । बेलायतको इन्फर्मेसन कमिस्नर अफिसले फेसबुकमाथि ६ लाख ४६ हजार डलरको जरिवाना पनि तिर्न लगाएको थियो ।