थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

प्रकाशित मिति:

बुटवल – आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिम थाईल्याण्डसंग पराजित भएको छ । बिहिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा नेपाली टिम थाईल्याण्डसंग ५७ पराजित भएको हो । १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो । ईन्दु बर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२४ रन बनायो । थाइल्याण्डको लागि चानिदा सिथुरुवाङले ३५ रन जोडिन । यस्तै नारुमोल चाईमाईले ३२ रन जोड्दा वाङपाका लिङप्रार्सटले २८ रनमा अविजित रहिन् ।

नटया बोचाथाम १२ रनमा आउट भईन् । नेपालकी नेरी थापा र कृष्णा कुवरले २-२ विकेट लिईन् । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १-१ विकेट लिईन् । पछिल्लो हारले छनोटको बिजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । गत महिना थाईल्याण्डमै भएको वुमन्स टी–ट्वान्टी स्म्यास प्रतियोगितामा थाईल्याण्डसंग नेपाल ७० रनले पराजित भएको थियो । जितसंगै थाईल्याण्डले दुई खेलमा ४ अंक जोडेको छ । समान खेलबाट नेपालले मात्र २ अंक भएको छ ।