अपराध लुकाउन अनैतिक सम्बन्धबाट जन्मिएको शिशुको हत्या

९ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
96 Shares

Symbolic Image

मिना बुढाथोकी/सल्यान – सल्यानमा अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको भन्दै जिल्लाको दार्मा गाउँपालिका –१ विष्टगाउँ निवासी २० वर्षीया लालमाया बुढामगर र दार्मा–२ किमटाकुरा का ३३ बर्षीय केशब सुनारलाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

राजेन्द्र विष्ट २ बर्षदेखि वैदेशिक रोजगारमा रहेको र आरोपित बुढामगर र सुनारबीच अबैध सम्बन्ध रहेपछि गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको खुल्न आएको उनले बताएका छन् । माघ १६ गते राति बच्चा जन्माई जानिजानि भुईतलामा छोडी आफू माथिल्लो तलामा गई सुतेको र भोली पल्ट विहान मृत शिशुको लाश खाल्डोमा गाडेको खबर आएपछि सोही दिन आरोपित दुबैलाई गिरप्mतार गरेको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्न र आफू अपराधबाट बच्न नवजात शिशुको लाश खाल्डोमा गाडेको अनुसन्धानबाट खुल्न आएको छ । आरोपित दुबैलाई बुधबार कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…
  • घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्
  • कोरोनाका कारण विश्वभर १० लाख संक्रमित, ५३ हजार वढीको मृत्यु
  • शिरानटेकले समाचार डिलेट गरेको स्विकार गर्दै माफि माग्यो
  • कहिले ढल्ने हो यो लामो रात ? : रवीन्द्र समीर
  • सुनौली नाकाबाट उद्धार गरिएकी २३ दिनकी सुत्केरीको दिल्ली–नेपाल यात्रा ।
  • सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको जोखिम