जेलभित्रै स्वस्थानी व्रतकथा र पूजा !

प्रकाशित मिति:

बेसीसहर – लमजुङ कारागारमा रहेका कैदीले गल्ती र अपराध मोक्ष गर्न स्वस्थानी व्रत लिएर पूजा गरेका छन् । कारागारमा ७६ जना कैदी छन् । विगतका गल्ती र अपराध मोक्ष गर्न उनीहरु एक महिना स्वस्थानी ब्रत बसेकाे बताउँछन् । कारागारका ५ जना पुरुष कैदीले एक महिनासम्म ब्रत बसेका थिए । सांगेका दिन ३० जना ब्रत बसेर पूजा गरे । ‘विगतका गल्ती र अपराध भुल्न चाहन्छौं । मनलाई शान्ति मिलोस र दुःख कष्ट हरण होस भनेर स्वास्थानी पूजा लगाएका हौं ।’ कारागारका कैदी राजन पोखरेलले भने, ‘चिताएको पुग्ला नपुग्ला तर मनमा शान्ति मिलेको छ ।’

पूजामा कैदीहरु दिनदिनै कथा वाचन गर्थे र सुन्थे । दक्षिणा उठाएर २८ हजार जम्मा गरे । सांगे गर्दा बचेको रकम मानव सेवा आ श्रमलाई दिए । ‘धूपदीप, प्रसाद, पूजा सामग्री, खिर तरकारीमा २३ हजार खर्च भयो’, कैदीका नाइके आशीष रानाले भने, ‘बचेको ५ हजार १ सय ५५ रुपैयाँ सडक मानवको सेवामा खर्च ग¥यौं ।’ कैदीले मानव सेवा आश्रममा गएर रकम प्रदान गर्नुका साथै स्वस्थानीको प्रसाद पनि खुवाएका थिए । कैदीहरु स्वस्थानी ब्रत बसेर पूजा गरेको नौलो घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले बताए । ‘आफू जहाँ रहे पनि मनलाई शान्त पार्नु राम्रो हो’, सुनारले भने, ‘पूजा गरेर कैदीहरु खुसी भएका छन् । मनलाई यसैगरी शान्त र सकरात्मक बनाउनुपर्छ ।’ प्रहरी नायब उपरीक्षक यादव ढकालले कैदीले कारागारभित्रै जगियालगाएर पूजा गरेको आफूले पहिलोपटक देखेको बताए । कैदीले प्रशासन, प्रहरी, अदालतका कर्मचारी र सञ्चारकर्मीलाई निम्ताएर प्रसाद खुवाए । दीपप्रज्वलनसँगै भजनकृतन र नाचगान गरेर उनीहरुले रमाइलो पनि गरेका थिए -अन्नपूर्ण