देश छोडेर आईएसमा गएकी युवतीलाई अमेरिकाले प्रवेश नदिने

प्रकाशित मिति:

वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छोडेर आइएसमा गएकी एक युवतीलाई स्वदेश फर्किनका लागि अनुमति नदिने बताएका छन् । ट्विटरमा राष्ट्रपति ट्रम्पले आफूले विदेशमन्त्री माइक पम्पेओलाई होदा मुथानालाई स्वदेश फर्किने अनुमति नदिन निर्देशन दिएको बताएका छन् ।

पम्पेओले त्यसअघि २४ वर्षिया ती युवती अमेरिकी नागरिक नभएको र प्रवेश गर्न नदिने बताएका थिए । तर ती युवतीका वकिल र परिवारका सदस्यले उनी अमेरिकी नागरिक भएको बताएका छन् । मुथाना अमेरिकाको अलाबाबाट २० वर्षको हुँदा सिरिया गएकी थिइन् । उनी परिवारसँग टर्कीमा विश्वविद्यालयको कार्यक्रममा जाने भन्दै हिंडेकी थिइन् ।  उनको विषयपनि बेलायतकी किशोरी शमिमा बेगमको जस्तै हो । बेगमपनि सन् २०१५मा बेलायत छोडेर आइएसको सम्पर्कमा पुगेकोमा उनी स्वदेश फर्किन अहिले इच्छुक भएपनि बेलायतले नागरिकता नदिने जनाएको छ । (बीबीसी)