सरकारका प्रवक्ता भन्छन्ः फेसबुक चलाउन रोकेका छैनौं !

प्रकाशित मिति:

काठमाडौं – सरकारले फेकबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, समाजिक सञ्जालका प्रयोगकर्ताहरु मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो बताएका हुन् ।