देवदह मेलाको आकर्षण सेल्फी स्टेशन र अग्लो खुकुरी

प्रकाशित मिति:

झबिन्द्र देबकोटा/देवदहमा लाग्ने मेलाको आकर्षण सेल्फी स्टेशन र ७ फिट अग्लो खुकुरी हुने भएको छ । फागुनको १६ गतेदेखि देवदहमा लाग्न थालेको देवदह राष्ट्रिय औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवमा मनोरम आकृति सहितको सेल्फी स्टेशन र ठुलो खुकुरी राखिने भएको हो । मेलामा आउने दर्शकलाई फोटो खिच्न र सेल्फीको मज्जा लिनका लागि खुकुरी र सेल्फी स्टेशन राखिने भएको आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकालले जानकारी दिए ।

उनले मेलामा आउने दर्शकले फोटो खिच्ने र मेलाको चिनोका रुपमा लाने केही नहुँने भएकाले मेलामा सेल्फी स्टेशन र ठुलो अग्लो खुकुरी राख्न थालिएको सुनाए । सेल्फी स्टेशनमा हिमालको कृतिम आकृति, गौतमबुद्धको मुर्ति, चारैतिर झरना सहितको हरियाली सहित १२ सय वर्गफिटमा सेल्फी स्टेशन रहने छ । ७ लाख लागतमा निर्माण गर्न थालिएको सेल्फी स्टेशन मेलाको आकर्षण हुने आयोजकले बताएका छन् ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलममा स्थानीय उत्पादन, कृषि, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने संघका महासचिव हरि भण्डारीले जानकारी दिए । फागुनको २७ गतेम्म लाग्ने मेलामा मेलामा स्लो साईकल रेस, सिङ्गिङ आइडल, डान्सिङ आइडल, कपल डान्स, अन्तर आमा समूह लोक गीत प्रतियोगिता, अन्र्तर विद्यालय लोक गित प्रतियोगिता, खुल्ला लोक गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने सांस्कृतिक संयोजक तेजु अर्यालले बताए ।

कृषि, कृषि सम्वन्धी औजार, अटो, गार्मेन्ट, सुचना प्रविधी, होटल स्टुरेन्ट, हस्तकला, कस्टमेटिक लगायतका २ सयबढी स्टलहरु दर्ता भएको स्टल बुकिङ्ग संयोजक अजय भण्डारीले जानकारी दिए ।