बालिका बलात्कारको अभियोगमा ६ वर्ष कैदको फैसला

प्रकाशित मिति:

सप्तरी/बालिका बलात्कारको अभियोगमा एक व्यक्तिलाई ६ वर्ष कैदको फैसला गरिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैदको सजाय सुनाइएको हो ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैद सहित ३० हजार क्षतिपूर्तिको फैसला गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २५ गते उजुरी दिएका थिए ।