शाइन रेसुङ्गा डेभलपमेण्ट बैक को नयां शाखा तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा

प्रकाशित मिति:

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ ।शंकरनगर शाखा कार्यालयको प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले र कोटिहवा शाखाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गर्नु भयो ।शंकरनगर शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गिरीले मुलुकको आर्थिक समृद्धिका लागि बैक तथा बित्तीय संस्थाहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । यस क्षेत्रको स्थानीय बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले सामाजिक उत्तरदायित्वमा गरेको लगानी प्रति बैंकलाई धन्यवाद दिदै उहाँले सामाजिक उत्तरदायित्वले आम नागरिकको बैंक प्रतिको धारणामा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।

मन्त्री गिरीले ५ नं. प्रदेशका प्रत्येक घरमा बैंकको सेवा प्रवाह गर्ने बैंकको योजनालाई प्रदेश सरकारले समेत सहयोग गर्ने आश्वासन दिनुभयो ।तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कण्डेलले स्थानीय लगानी र रोजगारमा आधारित बैक भएकाले अन्य बैंक तथा बित्तीय संस्थाको तुलनामा यस बैंकबाट व्यवसायीहरुले सहज र सरल सुबिधा प्राप्त गरेको जानकारी दिदै प्रदेशस्तरमा मात्र सिमित नभई राष्ट्रिय स्तरको बैंक बन्न सकोस भन्ने शुभकामना दिनुभयो ।सोही अवसरमा बैंकले शंकरनगरका स्थानीय जेष्ठ नागरीकहरु १ सय बर्षीय गायत्री ज्ञवाली, ९३ बर्षीय लालबहादुर खड्का, ८९ बर्षीय कविराज गुरुङ्ग, ८७ बर्षीय पुर्णभद्र तिवारी र ८६ बर्षीय सुमित्रा पोखरेल तथा स्थानीय शान्तिटोल आमा समुहका अध्यक्ष सिता अर्याल, कालिका परोपकारी आमा समुहका अध्यक्ष गंगा खरेल, जनजागरण आमा समुहका अध्यक्ष गोमा खड्का, स्वास्थ्य आमा समुहका अध्यक्ष सरस्वती बराल, नमुना आमा समुहका अध्यक्ष बिष्णुमाया पोखरेल र महिला उद्यमी संगिता गौतम अर्याललाई सम्मान गरेको थियो । यसैगरी कोटिहवा शाखा कार्यालयको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले लिएको सबै नगरबासीको बंैक खाता अभियानलाई सहयोग गर्न र बैकको लगानीलाई नगरको समृद्धिसंग जोडन आग्रह गर्नुभयो ।