सुर्यनगर गोल्डकप फुटवल प्रतियोगिता २०७५को उपाधि ब्वाईज यूनियनलाई

प्रकाशित मिति:

पश्चिम नवलपरासीमा सर्वाधिक धनराशी पुरस्कार भएको चौथो सुर्यनगर गोल्डकप फुटवल प्रतियोगिता २०७५को उपाधि ब्वाईज यूनियन क्लब काठमाण्डौले हात पार्न सफल भएको छ ।आयोजक रातो नव युवा क्लब नवलपरासीलाई सुन्यका विरुद्ध दुई गोल अन्तरले  हराउंदै ब्वाईज यूनियन क्लब काठमाण्डौ बिजयी बनेको हो ।ब्वाईज यूनियन क्लबको तर्फबाट खेलमा पहिलो हाफको २२ औँ मिनेटमा जर्सी नम्बर १२ का एट्रिक र दोस्रो हाफको ३५ औँ मिनेट जर्सी नम्बर १२ कै एट्रिकले गोल गरि लाई अग्रता दिलाएका थिए ।जित संगै प्रतियोगितामा पहिलो बिजेता बन्न सफल टिमले २ लाख २२ हजार २ सय २२ रुपैया सहित सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । भने दोस्रो टिमले नगद रु १ लाख ११ हजार १ सय ११ नगद सहित शिल्ड मेडक, प्रमाण पत्र समेत प्राप्त गरेका थिए । खेलमा राष्ट्रिय ए डिभिजन क्लबका खेलाडीहरु सहित विग्रेड क्लब काठमाण्डौ लगाएत खप्तड गोल्डकप गराउने सुदुर पश्चिम ११ सहित दुइ वटा ए डिभिजन क्लब सँगै चितवन, रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका गरी कुल १२ टिमको सहभागिता रहेको थियो ।