निशुलक स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति:

त्रिबेणी/विनयी त्रिबेणी वडा नम्बर ७ को आयोजनामा पशु भ्याक्सि नेशन अन्र्तगत एक दिवसिय निशुलक स्वास्थ्य शिविर २०७५ विनयी त्रिबेणीको शिवपुरगढीमा विहिबर सम्पन्न भएको छ । विनयी त्रिबेणी वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएकी गाउ कार्यकारिणि सदस्य सुनिता राईले पशु धनलार्य स्वास्थ्य शिविर मार्फत निरोगी बनाउन सकिए प्रशस्त आमदानी हुने बताउनुभयो ।

पशु स्वास्थ्य शिविरमा बाख्रा ६ सय २५, गाई ६७, भैसी २ सय ४८, बंगुर ७। कुखुरा ५ सय २५, खरायो ६ लाई निशुल्क स्वास्थ्य परिक्षण औषधी उपलब्ध गराइएकोे नायव पशु स्वास्थ्य प्राविधिक बाबुराम पौडेलले जानकारी दिनुभएकोछ । निशुल्क स्वास्थ्य शिविरबाट १ सय ५५ घरधुरी लाभान्वित भएको पनि पौडेलले बताउनुभयो ।