शिवनगर सामुदायिक बनले गर्यो बृक्षारोपण कार्यक्रम

प्रकाशित मिति:

बुटवल, साउन १०– श्री शिवनगर सामुदायिक वन उपभोक्ता समूहले बृक्षारोपण सम्पन्न गरेको छ । सामुदायिक बनका अध्यक्ष नारायणबाबु बस्नेत, वडा नं. ८ का अध्यक्ष भीमवहादुर श्रेष्ठ, शिवनगर इलाका बन कार्यालयका सहायक बनअधिकृत जयप्रकाश गुप्ता र वडा नं. ७ का अध्यक्ष कमलप्रसाद थापाले संयुक्त रुपमा टिकको विरुवा रोपेर उद्घाटन गरेका थिए । बृक्षारोपण कार्र्यक्रममा सामुदायिक बनका उपाध्यक्ष गंगावहादुर थापा मगर, सचिव श्यामकली आचार्य, तिलकप्रसाद न्यौपाने, सहसचिव ठाकुर वस्याल, पूर्णचन्द्र पाण्डे, वडा नं. ८ का जनप्रतिनिधि भवानीप्रसाद उपाध्याय, वडा नं. ९ का जनप्रतिनिधि शिवप्रसाद अधिकारी, वडा नं. ७ का प्रतिनिधि बविता बस्नेत लगायत झण्डै ५० जनाको सहभागिता रहेको थियो ।  बृक्षारोपण कार्यक्रममा टिक, सफेदा, बाँस, बकाइनो र बेलपत्र लगायत विभिन्न प्रजातिका १७ सय विरुवा रोपिएको समूहका अध्यक्ष नारायणबाबु बस्नेतले बताए । अध्यक्ष बस्नेतले सामुदायिकको बन संरक्षण र त्यसको विकासका लागी हरेक बर्ष बृक्षारोपण कार्यक्रम गरिदै आएको बताए । समूहले सामुदायिक बनको कार्यालयको परिसरमा बृक्षारोपण गरेको हो ।