संस्थागत र सामुदायिक विद्यालयमा एकै प्रकारको शिक्षा नहुँदा सम्म शिक्षामा फड्को मार्न सकिन्न : सांसद चौधरी

प्रकाशित मिति:

प्रदेश नं. ५ का सांसद तुल्सी चौधरीले संस्थागत र सामुदायिक विद्यालयमा एकै प्रकारको शिक्षा नहुँदा सम्म शिक्षामा फड्को मार्न नसकिने बताएका छन् । विहिबार मोतिपुर माध्यमिक विद्यालय बुटवल १७ को ५८ औं बार्षिक उत्सव कार्यक्रमलाई उद्घाटन गर्दै सांसद चौधरीले संस्थागत र सामुदायिक विद्यालयले एकै प्रकारका शिक्षा प्रदान गरेमा मात्र मुलुकले कल्पना गरेको समृद्धि हासिल गर्न सकिने बताए ।बजारमा व्यवहारिक र युग सुहाउँदो शिक्षा आवश्यक रहेको बहश चलेपनि संस्थागत विद्यालय पनि रुपान्तरित बनेर व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । कितावी ज्ञानले मात्र विद्यार्थी पछिको जीवन चल्न नसक्ने भन्दै व्यवहारिक र प्राविधिक शिक्षाको विकल्प नभएको उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उपप्रमुख गोमादेवि आचार्यले शिक्षाको गुणस्तर विकासका लागि नगरपालिकाले विभिन्न योजनाहरु निर्माण गरेको छ । कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मण मरासनीले विद्यालयमा प्रयाप्त दरबन्दी नहुँदा शिक्षाको गुणस्तरमा बृद्धि हुन नसकेको बताए । विद्यालयको भौतिक पुर्वधार समेत पुरा नहुँदा समय सापेक्ष शिक्षक सिकाई गतिविधि गर्न नसकिएको उनको भनाई थियो । कार्यक्रममा ०७४ सालमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । त्यसैगरी दिर्घशिवी सम्मान बाट रण बहादुर राना र उमानन्द घिमिरेलाई सम्मान गरिएको थियो । सोही अवसरमा ईन्जिनियर कृष्ण प्रसाद खनालले १ लाखको निर्माण खनाल अक्षयकोष समेत स्थापना गरेका छन् । कार्यक्रममा वडा नंं १७ का वडा अध्यक्ष सन्त बहादुर राना, शैक्षिक विकास महाशाखा प्रमुख लोकराज पन्थी, नगरशिक्षाका सदस्य एवं नगर शिक्षक महासंघका अध्यक्ष टिकाराम पौडेल, समाजसेवी भिम प्रसाद न्यौपाने, ओम बहादुर घिमिरे, गोपाल नेपालले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम नारायण भण्डारीको अध्यक्षता, सह प्राचार्य रण बहादुर रानाको स्वागत तथा शिक्षक उमानन्द घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।