तरकारी ले उचित मूल्य नपाएपछि निशुल्क वितरण

प्रकाशित मिति:

पछिल्लो समय जिल्लामा उत्पादित काउली र बन्दागोभी लगायतका तरकारीले उचित मुल्य नपाए पछि किसानहरु चिन्तित हुन थालेका छन । आर्थिक लगानी र श्रम अनुसारको मुल्य नपाए पछि किसानहरु चिन्तित हुन थालेका हुन । भारतिय तरकारीका कारण बारीमा उत्पादित तरकारीले मूल्य नपाएको भन्दै कपिलवस्तु नगरपालिका ३ बरण्डिहवाका कृषक भगवती यादवले ६ कठ्ठा जग्गाको क्षेत्रफलमा लगाएको काउली र बन्दा गोभी निशुल्क बितरण गरेका हुन । उत्पादित तरकारी बजार सम्म पुर्याउदाँ श्रमिकको मुल्य समेत नउठने भए पछि उनले बारीबाटै निशुल्क बितरण गरेका हुन । यस अघिको साप्ताहिक हाट बजारमा ४ कुन्टल तरकारी पुर्याउदाँ ६ सय ५० रुपैया मात्रै पाएको उनले अनुभव सुनाए ।सानो बजार क्षेत्र तथा ढुवानीका असुबिधा सगै बजारीकरणका लागी सरकारी योजनाको अभावमा जिल्लाका कृषक बिभिन्न समस्या झेल्न बाध्य छन । उत्पादित तरकारीको बजार मुल्य नपाए पछि कृषक यादवले आफुहरुलाई निशुल्क तरकारी बितरण गरेको स्थानिय गणेश भट्टराईले बताए । सदरमुकाममा दैनिक तीन मेट्रिक टन तरकारी खपत हुने गरेको अनुमान गरिने गरेको छ ।