ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति:

ओखलढुंगा/ओखलढुंगामा बिद्युतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ भडाँरेका ३१ वर्षीय जनक गुरुङ रहेका छन् । नगरपालिकाकै वडा नम्बर दुई ठुलाछापमा विदुतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर गुरुङ गम्भी घाइते भएका थिए ।

घाइते गुरुङलाई उपचारका लागि अस्पताल ल्याइएको भएपनि उनको आस्पताल आइपुग्ने बित्तिकै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओलखढुंगाका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।मृतक गुरुङ बिद्युतका कर्मचारी भएको बताइएको छ ।