श्रीकृष्ण सिग्देल/ प्राविधिक प्रविधिबाट खेती गर्न सजिलो हुने भएपछि पछिल्लो समय हाते ट्याक्टरको माग बढ्न थालेको छ । पहाडी भुभागमा पनि लैजान सजिलो हुने भएपछि हाते ट्याक्टर प्रति किसानको माग बढेको हो । सरकारले किसानलाई व्यवसायीक खेती गर्न प्राविधिक उपकरण उपलव्ध गराउने रणनीति अख्तियार गरेपछि किसानहरु पनि उत्साही देखिएका छन् । ग्रामिण भु—भाग समेटेर बनेको जिल्लाको भीरकोट नगरपालिका पनि आधुनिक र प्राविधिकयुक्र खेतीमा लाग्न किसानहरुलाई आते ट्याक्टर वितरण गरेको छ
नगरपालिकाको ५० प्रतिशत अनुदानमा १४ व्यवसायी कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । भीरकोट नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले हाते ट्याक्टर वितरण गरेको नगर प्रमुख छाँयाराम खनालले बताए । अब कृर्षि क्रान्तिको शुरुवात गर्नुपर्छ ट्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खनालले भने,“जनशक्तिको अभाव,पुरानो परम्परा हराउदै जानुले अव आधुनिक परम्परा अगाल्नुपर्छ ।” समयको वचत र लगानीमा बृद्धि देखिने भएकाले ट्याक्टर अनुदानमा दिएका हौ नगर प्रमुख खनालले भने । हाते ट्याकटर हरेक कामममा उपयोगी उपकरण पनि हो, नगर प्रमुख खनालले भने, यसको सहि सदुपयोग किसान दाजुभाईले गर्नुहोला । पहिलो पटक १४ जना किसानलाई वितरण गरिएको हाते ट्याक्टर किसानको माग बढेमा अरु पनि सहयोग हुने खनालले बताए ।हाते ट्याक्टर पाएका किसान चन्द्रमान खाँणले नगरपालिकाले थालेको यो अभियानले किसानलाई हौसला प्रदान गरेको बताए । उपकरण सगै उत्पादनशिल कृषि उपजलाई बजारीको व्यवस्था मिलाईदिन नागरपालिकालाई अनुरोध गरे । बजार नपाएकै कारण अधिकांश किसानमा उत्साह नभएको खाँणले सुनाए । किसानलाई १० वटा डिजलवाट चल्ने र ४ वटा पेटोल वाट चल्ने गरी १४ वटा ट्याक्टर वितरण गरीएको थियो । नगरपालीकाको ५० प्रतिशत अनुदान र किसानले प्रति ट्याक्टरको ५० प्रतिशत व्यहोर्ने गरी वितरण गरिएको नगरपालिकाले जनाएको छ । डिजल वाट चल्ने हाते ट्याक्टरलाई २९ हजार र पेटोल वाट चल्ने हाते ट्याकटरलाई २४ हजारमा कृषकले खरीद गरेका हुन ।