रासायनिक गोदाममा आगलागी हुँदा ५६जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी /बंगलादेशको राजधानी ढाकाको पुरानो ठाँउस्थित रासायनिक गोदामका लागि समेत प्रयोग गरिएको एक भवनमा आगलागी हुँदा कम्तिमा ५६ को मृत्यु भएको छ । अन्य बेपत्ताहरुको शव अझैँ बढ्न सक्ने जनाइएको छ । बुधबार राति करिब १०स्४० बजे भएको आगलागीमा सिलिण्डर विस्फोट भएर भएको जनाइएको छ ।

भवनबाट आसपासका अन्य चार भवनमा पनि आगलागी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । बंग्लादेशका एक अधिकारीले जनाए अनुसार आगलागीमा उद्धार गरिएका घाइते ४० जना भन्दा बढीको ढाका मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसअघि बंग्लादेशमा सन् २०१० मा रासायनिय गोदाममा आगलागी हुँदा १२० भन्दा बढीको ज्यान गएको थियो । त्योपछि को यो ठुलो आगलागी घटना हुनसक्ने जनाइएको छ । आगलागी नियन्त्रणमा लिन निकै कठिन अवस्थाको रहेको जनाइएको छ ।ढाका ट्राफिक प्रहरी इब्राहिम खानका अनुसार आगलागीमा परी २ कार र १० भन्दाबढी रिक्सासमेत जलेर नष्ट भएका छन् ।