विमानस्थलको वरिपरि ड्रोन उडाउन निषेध

प्रकाशित मिति:

एजेन्सी /बेलायती विमानस्थलहरुको वरिपरि ड्रोन उडाउन निषेध गरिएको छ ।ड्रोन उडाउँदा हवाई सेवामा असर परेको कारण बेलायत सरकारले ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र ड्रोन उडाउन निषेध गरेको हो ।अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो ।

हवाई मैदानलाई शुरक्षित बनाउन ल्याइएको यो नियम मार्च १३ बाट लागू हुने बेलायती यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले विद्युतीय सामग्री बेचबिखन गर्ने जेसोप्सलाई ड्रोन बिक्रीका बारेमा जनचेतनामूलक कार्य गर्न पनि आग्रह गरेको छ ।मन्त्रालयले कुत्सित मनसाय राखी ड्रोनको प्रयोग गर्ने विरुद्ध कारबाही र पक्राउ गर्न प्रहरीलाई अख्तियारी दिनेगरी कानुन निर्माण गर्न लागेको बताएको छ । साथै, प्रहरीले ड्रोनबाट सङ्कलन गर्ने विद्युतीय विवरणहरु नियन्त्रणमा लिन पाउने उक्त विधेयकमा व्यवस्था गरिएको छ ।