सलमानको ‘दबंग ३’ मा बबीको इन्ट्री

९ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
114 Shares


एजेन्सी / लामो समयदेखि बलिउड सुपरस्टार सलमान खानका फ्यान उनको ‘दबंग ३’ को प्रतिक्षा गरिरहेका छन् । बीच बीचमा फिल्मसँग सम्बन्धित खबरहरु पनि बाहिर आइरहेको छ । अब यस फिल्मलाई लिएर एक खुसीको खबर बाहिर आएको छ । हालै फिल्मको कास्टिङमा भिलेनको नाम आएको थियो अब सपोर्टिङ रोलमा एक स्टारको नाम सार्वजनिक भएको छ ।
बलिउडका एक्सन सुपरस्टार बबी देओल फिल्म ‘रेस ३’ पछि सलमानसँग ‘दबंग ३’ मा जोडिएका छन् । हालै सलमानले बबीलाई फिल्ममा कास्ट गरेका हुन् । पछिल्लो केही वर्षयता उनीहरु निकै नजिक छन् । सलमानकै आग्रहमा बबीलाई ‘रेस ३’ लाई कास्ट गरिएको थियो । यो फिल्म असफल भए पनि अहिले बबीलाई कामको कमी छैन ।

खबरअनुसार, बलिउडका ुसोल्जरु बबी ‘दबंग ३’ मा चुलबुल पाण्डे उर्फ सलमान खानको साथीको भूमिकामा देखिनेछन् । फिल्ममा चुलबुल पाण्डेको कहानीलाई ुफ्ल्यास ब्याकु मा देखाइनेछ । यो फ्ल्यास ब्याकु मा सलमानसँग साथीको भूमिकामा बबी पनि देखिनेछन् । यस फिल्मलाई सलमानका भाई अरबाज खानले निर्देशन गर्नेछन् ।

सलमान खान अहिले आफ्नो नयाँ फिल्म ुभारतु को सुटिङ कम्प्लिड गर्नमा व्यस्त छन् । यसपछि उनले लगत्तै ‘दबंग ३’ मा सुरु गर्नेछन् । फिल्ममा रज्जोको भूमिकामा सोनाक्षी सिन्हा देखिनेछिन् । यस फिल्मको अघिल्लो दुई सिरिजमा पनि उनी सलमानको अपोजिटमा थिइन् । दुबै फिल्म बक्सअफिसमा जबरजस्त हिट साबित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
  • चीनमा कोरोना भाइरसको उपचार गर्ने अस्पताल पाँच दिनमै तयार, उपचार…
  • जातिय कोटा प्रणाली अन्त्य गरि योग्यता अनुसारको रोजगार पाउने कहिले…
  • ७५ वर्षीय चन्द्रवीर जो एक्लैले पहाड फोडेर गाउँमा बाटो पुर्‍याए
  • तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानेर पक्राउ
  • नेकपा छोडेर दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा
  • नेविसंघको महामन्त्रीमा खनालको सम्भावना बढ्यो
  • अपाङ्गता नीति निर्माणमा समाबेशीकरण गर्न माग
  • सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार
  • यौनकाण्डमा सम्मिलित पत्रकारको अवस्था : ‘सुबेदी कारागारमा, बस्नेत र न्यौपाने…