वलीले गरिन् आफ्नै फिल्मप्रति व्यंग्य

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ /सञ्चारकर्मी, गायिका, मोडल, अभिनेत्री हुँदै कोमल वली अचेल राजनीतिक क्षेत्रमा लागेकी छिन् । राप्रपा छाडेर नेकपा एमाले ९हाल नेकपा० प्रवेश गरेकी उनी अहिले राष्ट्रियसभा सांसदकी सदस्य हुन् । राजनीतिबाट नै देश परिवर्तन हुने विश्वासका साथ राजनीतिमा होमिएकी उनी आफू सधैं देश र जनताको भावना अनुसार काम गर्ने बताउँछिन् ।
पोइला जान पाम शिवु बोलको तीजको गीतबाट चर्चामा आएकी अविवाहित कोमलले करीब एक दशक अगाडि एक फिल्ममा अभिनय समेत गरेकी थिइन् । अभिनेता राजेश हमाल स्टारर फिल्म ुराजनीतिु मा उनको प्रमुख भूमिका थियो । तर, यो फिल्म बक्सअफिसमा असफल ठहरियो । यसपछि कोमलले फिल्म गर्ने जोखिम उठाइनन् ।

मंगलवार ुराजनीतिकु का निर्देशक बसन्त निरौलाले सञ्चालनमा ल्याएको ‘सिने इक्यिूपमेन्ट हाउस’ को उद्घाटनमा पुगेकी उनले आफ्नो डेब्यू फिल्मप्रति कसिलो व्यंग्य गर्न छाडिनन् । आफूलाई बसन्तकी हिरोइन भन्दै उनले भनिन्, ‘‘राजनीति’ हलमा यस्तो हिट भयो कि चार दिनमा नै हलबाट उत्रियो ।’’ उनको यो व्यंग्यात्मक टिप्पणीले छेवैमा रहेका निर्देशकले समेत हाँसो रोक्न सकेनन् ।
फिल्मको राजनीतिकभन्दा पार्टीगत राजनीति ठिक हुने ठानेर आफू राजनीतिमा होमिएको उनको भनाई छ । उनले राजनीतिबाट फिल्म क्षेत्रको विकास र समृद्धिका लागि आफू सधैं प्रतिबद्ध रहेको पनि बताइन् । कोमल भन्छिन्, फिल्म क्षेत्रको विकासका लागि मेरो साथ र सहयोगको खाँचो परेको खण्डमा म सधैं तयार रहनेछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण