अष्ट्रेलिया बस्ने आयुष्काको देश भक्ति गित सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ /जुन त लाग्यो ताराले”को कभर गाएर चर्चामा आएकी बालगायिका आयुष्का खनियाको अर्को गीतको म्युजिक भिडीयो सार्वजनिक भएको छ ।देश भित्र रहेनीबोलको उक्त गीतमा डाक्टर कृष्णहरी बरालको शव्द रहेको छ भने गैरे सुरेशले संगीत भरेका छन् ।रेडियो अडियोको प्रस्तुती रहेको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीत मंगलवार आयुष्का खनियाकै आधिकारीक युटुव च्यानलबाट सार्वजनिकगरिएको हो ।

ललितपुरको गोदावारीमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन कलाकार तथा सञ्चारकर्मी सन्तोष खनालले गरेकाहुन् ।सुमन सागर जंग केसीको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको छायांकन वुद्ध थापाले गरेका छन् ।गीतमा सम्पादन सुरेश राउतको रहेको छ । गीतमा गायिका आयुष्का खनिया सहित बि मानब आर्ट स्टुडियोका बालबालिकाहरुको अभिनय रहेको छ ।

यस अघि आयुष्काले गायक अलमोडा राना उप्रेती सँग मिलेर “जुन त लाग्यो ताराले”बोलको कभर गीत गाएकी थिइन् ।उनले गाएको “जुन त लाग्यो ताराले”बोलको कभर गीतले युटुव माकरिव ५० लाख भ्युज पाएको छ ।