आज शुक्रवार

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल फागुन महिनाको १० गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको तृतीया तिथि दिवा ३.११ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । हस्ता नक्षत्र विहानका राति ५.५ बजेसम्म रहनेछ । यसैगरी आज शूल योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६.३८ मा छ भने सूर्यास्त बेलुका ५.५९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् । आज शुक्रबार इन्द्रायणी भगवतीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।