तेस्रो अभ्यास खेलमा नेपालको जित,,२२३ रनले इष्ट लण्डन हार्यो

प्रकाशित मिति:

युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा इष्ट लन्डन ११ लाई २२३ रनले हराएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको ३३९ रनको लक्ष्य पछ्याएको इस्ट लन्डनले ३८।५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११५ रन बनाउन सक्यो।

इन्ट लन्डनलाई सस्तैमा समेट्न नेपालका भेट्रान स्पिनर शक्ति गौचनले ४ तथा करण केसी र ललित राजबंशीले २(२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १(१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर ३३८ रन बनायो। नेपालका लागस अनिल कुमार साहले शतकीय पारी खेले। ११८ बल खेलेका उनले १९ चौका र ३ छक्का प्रहार गर्दै १३१ रन जोडे।

यस्तै शरद भेषवाकरले ९८ रन बनाएका थिए। २ रनबाट सतक प्रहार गर्न चुकेका उनले ८६ बल खेल्दै ६ छक्का र ६ चौका प्रहार गरेका थिए।सोमपाल कामीले २९ रन जोड्दा करण केसी १३ रनमा नटआउट रहे। यसअघि ओपनर सुवास खकुरेलले ८ रन बनाए भने ज्ञानेन्द्र मल्ल ९ तथा कप्तान पारस खड्काले ४ रन जोडेका थिए। दिपेन्द्र सिंह ऐरी ० रनमा आउट भए भने रोहित पौडेल ११ र शक्ति गौचनले ९ रन थपेका थिए। इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिए । इंग्ल्यान्डको लर्ड्समा आइतबार हुने त्रिकोणात्मक टी(ट्वान्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि नेपाली क्रिकेट टिम अहिले युरोप भ्रमणमा रहेको छ।

यसअघि नेपालले ५० ओभरको पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २४३ रनको फराकिलो अन्तरले हराएको थियो भने दोस्रो अभ्यास खेलमा दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको थियो। टी ( ट्वान्टी अन्तर्गत भएको दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको थियो।

इष्ट लन्डनपछि अब नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसँग बिहिबार टी(ट्वान्टी खेल्नेछ।

एक दिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछ।

नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट अगस्ट १ र ३ मा खेल्नेछ।