दुर्घटनामा घाइते भएका सांसद वलीको निधन

प्रकाशित मिति:

गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ ।उहाँको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । सांसद ओली गएको माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते हुनुभएको थियो ।दाङको दंगिशरण गाउँपालिका वडा नम्बर–६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर९ख० बाट विजयी हुनुभएको हो ।