क्रोध किन त्याज्य छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

यः समुत्पतितं क्रोधं क्षमयैव निरस्यति । 
यथोरगस्त्वचं जीर्णां स वै पुरुष उच्यते ।।– नीति श्लोक

जुन प्रकार सर्पले आफ्नो जीर्ण छाला छाडेर नयाँ काँचुली फेर्छ त्यसैगरी क्रोधलाई क्षमा भावमा वदलेर त्याग्नु पर्दछ । यो सत्पुरुषको लक्षण पनि हो ।

क्रोध हाम्रो शत्रु हो । किनकि त्यसले हामीलाई नै जलाइरहेको हुन्छ । असल पुरुषका निम्ति पनि क्रोध भाव त्याज्य मानिन्छ । किनकि क्रोध हाम्रो शत्रु र उन्नतिको बाधक हो । जसरी काम नलाग्ने भएपछि सर्पले काँचुली फेर्छ त्यसैगरी क्रोधरूपी काँचुली त्याज्य छ । यसलाई त्यग्नका निीमत मनमा क्षमाभावको जागृत गराउनु पर्दछ । जो सत्पुरुषको लक्षण पनि हो । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–