लोक स्टारको अन्तिम तयारिमा छौ:सहदेब कोईराला

प्रकाशित मिति:

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रोमो सार्वजनिक भएको छ । बिहीबार युट्युबमार्फत् प्रोमो सार्वजनिक गरिएको हो ।सार्वजनिक प्रोमोमा लोक गीतसंगीत नै नेपालको मौलिक पहिचान र चिनारी भएको उल्लेख गरिएको छ । प्रोमोमा शोका निर्णायकहरु, लोक गीतको विशेषता, महत्व, आवश्यकता र औचित्य झल्काउने स्क्रिनिङ हुन्छन् । ‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि टेलिभिजनमा प्रशारण हुने लोकस्टारको अडिसन लोकेशन पनि प्रोमोमा समेटिएको छ । सातवटै प्रदेशमा प्रतिभा ‘हन्ट’ गर्न लोकस्टारले अडिसन गर्दैछ ।

प्रदेश नं। ७ को धनगढी ९कैलाली बहुमुखी क्याम्पस०मा फागुन १६ गते, प्रदेश नं। ६ को सुर्खेत ९मध्यपश्चिमाञ्चल विश्वविद्यालय०मा फागुन २० गते, प्रदेश नं। ५ को वुटवल एभरेष्ट सेकेण्डरी स्कुलमा फागुन २५ गने अडिसन हुनेछ । यस्तै प्रदेश नं। ४ को पोखरा ९जनप्रिय उच्च माध्यामिक विद्यालय०मा चैत २ गते, प्रदेश नं। १ को इटहरी ९पिस जोन हाइयर सेकेण्डरी स्कुल०मा चैत ११ गते, प्रदेश नं। २ को जनकपुर ९आरआरएम क्याम्पसमा र प्रदेश नं। ३ को काठमाडौं ९इङ्लिस प्रिपरेटोरी स्कुलमा चैत २३ गते अडिसन हुनेछ ।

आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले शो आयोजनाको तयारी अन्तिम चरणमा पुगेको बताए । “कार्यक्रम तयारीको अन्तिम चरणमा आइपुगेका छौं, यही फागुन १६ गतेबाट अडिसन सुरु हुँदैछ,” उनले भने ।

डिजिटल अडिसन भने पुस १ गतेबाट सुरु भइसकेको छ । नेपाल लोक स्टारको मोबाइल एपबाट पनि अडिसन दिने व्यवस्था मिलाइएको छ । यसका लागि आयोजकले प्रदेशमा फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए । “करिब २० हजारले फर्म भर्ने हामीले अनुमान गरेका छौँ,” अध्यक्ष कोइरालाले भने ।