चेल्सी युरोपा लिगको प्रि क्वार्टरफाइनलमा

प्रकाशित मिति:

काठमाडौं । चेल्सी युरोपा लिग फुटबलको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति आफ्नै मैदानमा युरोपा लिगअन्तर्गत अन्तिम ३२ को दोस्रो लेगमा माल्मोलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी अन्तिम १६ मा स्थान बनाएको हो । चेल्सीले पहिलो लेग र दोस्रो लेगमा गरी समग्रमा ५–१ को जित निकाले । पहिलो लेगमा चेल्सीले माल्मोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

१० खेलाडीमा सिमित रहेको माल्मोमाथि चेल्सीले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो । चेल्सीले पहिलो हाफमा भने गोल रहित बराबरी खेलेको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो । खेलको ५४, ७४ र ८४औं मिनेटमा चेल्सीले गोल गर्दै जित हात पारेको हो ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा आर्सनलले बाटे बोरिसोभलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्सनलले समग्रमा ३–१ को जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा आर्सनल १–० गोलले पराजित भएको थियो ।