भारतले पाकिस्तान जाने तीन नदीको पानी रोकेपछी ….

प्रकाशित मिति:

जम्मू कश्मीरको पुलवामामा पाकिस्तानी आतंकवादी समूहले आक्रमण गरी भारतीय सुरक्षाकर्मी मारेपछि आक्रामक बनेको भारतले पाकिस्तानमाथि कठोर नीति लिएको छ ।  भारतले पाकिस्तान जाने तीन नदीको पानी नै रोकिदिने फैसला गरेको छ । भारत र पाकिस्तानबीच सन् १९६० को १९ सेप्टेम्बरमा सिन्धु जल सम्झौता भएको थियो ।

सो सम्झौता अनुसार झेलम, चिनाब तथा सिन्धु नदीको पानीमा पाकिस्तानको हक लाग्ने गर्छ ।  तर भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले बिहीबार बाँध बनाएर तीन नदीको पानी रोक्ने बताए ।  यसरी रोकिएको पानी जम्मू–कश्मी र पंजाबमा फर्काउने कार्यक्रम रहेको बताइएको छ । भारतको यो तेस्रो कडा फैसला हो । यसअघि भारतले पाकिस्तानका मोष्ट फबर्ड नेशनको दर्जा खोसेको थियो ।  त्यसैगरी भारतले पाकिस्तानबाट आउने सामानमा २०० प्रतिशत बढाएको थियो ।