चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै

१० फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं – सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्दैछन् ।चिकित्सकहरुले समायोजन प्रक्रियामा असहमति जनाउँदै सेवा ठप्प पार्न लागेको सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्ति जारी गरी जनाएको छ ।  सरकारी प्रतिनिधिहरुसंग छलफल गरे पनि कुनै निष्कर्ष ननिस्केपछि आन्दोलनमा होमिनु परेको गोदानले जनाएको छ ।

काठमाडौं उपत्यकाका चिकित्सकहरुले शुक्रबार बिहान १० बजे वीर अस्पतालबाट र्याली निकालेर माइतीघर मण्डलामा पुगी सभा गर्ने भएका हुन् । चिकित्सकहरूको आन्दोलनका कारण सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन नहुने भएको छ।  गोदानको यो आन्दोलनमा नेपाल चिकित्सक संघले पनि ऐक्यवद्धता जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…