बिहानै यस्तो सपना देख्नु भयो भने सुखै-सुख मिल्नेछ !

प्रकाशित मिति:

सपना हामी सबैले देख्ने गर्दछौ । हरेक सपनाको आफ्नै-आफ्नै महत्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान-बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ ।

– यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।– सपनामा कुनै मन्दिरको दर्शन गर्दै गरेको देख्नुहुन्छ भने यो निकै नै शुभ मानिन्छ । साथै यदि मन्दिरको साथ कलश पनि देख्नु भयो भने सम्झनुहोस् साक्षात माता लक्ष्मीले तपाइको घरमा वास गर्नेछिन् । – यदि तपाइले सपनामा नरिवल खाएको देख्नुहुन्छ भने छिट्टै नै तपाइको तिजोरी पैसाले भरिनेछ । – यदि सपनामा कुनै सानो बच्चा चल्दै गरेको देख्नुहुन्छ भने यो धन लाभको संकेत हो । – यदि सपनामा गाईको साथ बाच्छाले दुध खाईरहेको देख्नुहुन्छ भने तपाइँसँग पैसाको अभाव हुने दिन सकिने भए भनेर बुझ्नुहोस् । यो सपनाले तपाइँलाई करोडपति बनाउन सक्छ । – यदि सपनामा तपाइँलाई कुकुरले टोकेको देख्नुहुन्छ भने तपाई छिट्टै धनी बन्ने योग बनिरहेको बुझ्नुहोस् ।