बुद्ध मावलीमा ‘देवदह मणिदीप धाम’ बन्ने

प्रकाशित मिति:

बुटवल – प्रदेश ५ को रुपन्देहीमा बहुउपयोगि गुरुयोजना सहितको देवदह मणिदीप धाम बन्ने भएको छ ।झण्डै ७ करोड लागतमा बन्न थालेको धाममा जेष्ठ नागरिक मिलन केन्द्र, अतिथी गृह ‘धर्मशाला’, ब्यापारिक सटर, बाल उद्यान, भजन मण्डलीहल लगायतका भौतिक संरचनाहरु निर्माण गरिने भएको छ । स्थानीय दुर्गा प्र्रञ्चायतन मन्दिर संरक्षण समितिले निर्माण गर्न थालेको मणिदीप धाम आउने ५ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरि निर्माणको काम बिहीबारदेखि सुरु गरेको हो ।

देवदह शितलनगर चोक उत्तरको १० कट्ठा बढी जग्गामा विस २०८० भित्र बहुउपयोगि गुरुयोजना सहितको देवदह मणिदीप धाम बन्ने भएको हो । दश कट्ठा क्षेत्रफलमा बन्न थालेको मणिदीप धाम भित्र दुई करोड ५० लाखको जेष्ठ नागरिक मिलन केन्द्र, एक करोड ८० लाखको अतिथी गृह धर्मशाला, ३५ लाखको आकर्षक बगैचा, ३० लाखको पुजारी घर, ५० लाखको ब्यवसायिक सटर भवन, १५ लाखको भजन मण्डलीहल, १६ लाखको आकर्षक प्रबेश द्वार, ९ लाखको बाल उद्यान लगायतका संरचनाहरु बन्ने भएका हुन् ।

मणिदीप धाम भित्र पार्किङ्ग स्थल, ढकल निकास, शिस महल, पिउने पानी टंकी लगायतका अन्य विभिन्न खाले संचरनाहरु पनि निर्माण गरिने छ ।त्यसका लागि अहिले ६ करोड ७५ लाखको बजेट अनुमान गरिएको दुर्गा प्र्रञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष रमेशचन्द्र रेग्मीले जानकारी दिए । मणिदीप धाम निर्माणका लागि यस अघि संचालन गरेको महायज्ञबाट समितिले ७८ लाख संकलन गरिसकेको र धाम निर्माण सम्पन्न गर्नका लागि बाँकी रकम विभिन्न संघसंस्था र ब्यक्तिसँग सहयोग संकलन भइ रहेको समेत अध्यक्ष रेग्मीले बताए ।